नेकपा एमालेको प्रमुख सचेतकमा पदम गिरी मनोनीत

Thankot Times

थानकोट । 

पदम गिरी नेकपा एमालेको प्रमुख सचेतकमा मनोनीत भएका छन् ।

गिरीलाई नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकमा मनोनीत गरेका हुन्।

एमालेले निर्वाचन सम्पन्न भएको झण्डै चार महिनामा प्रमुख सचेतक मनोनीत गरेको हो । 

एमाले अध्यक्ष तथा संसदीय दलका नेता ओलीले गिरीलाई आइतबार प्रमुख सचेतकमा मनोनीत गरेको पत्र दिएका हुन् ।

पर्वतबाट निर्वाचित गिरी प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री बनेका थिए । एमालेले संसदीय दलको उपनेता भने अझैसम्म कसैलाई तोकेको छैन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *