बेनिघाटमा गुडिरहेको ट्रकमा आगलागी, चालक सकुशल

Thankot Times

थानकोट । 

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ १०, तिक्राङ खानीनजिकै मालवाहक ट्रकमा आगलागी भएको छ ।

काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको ना.५ख ७७३६ नम्बरको मालवाहक ट्रकमा विद्युत् सर्ट भइ आगलागी भएको चालकले जनाएका छन् ।

आगलागीका कारण केही समय राजमार्ग अवरुद्ध भए पनि अहिले खुलेको छ । साँझ सवा ६ बजे आगलागी भए पनि आगो नियन्त्रणमा लिन नजिकै वारुणयन्त्र नहुँदा ट्रक पूर्ण रुपमा जलेको प्रत्यक्षदर्शी क्रान्ति डल्लाकोटीले जानकारी दिए । आगलागीबाट मानवीय क्षति भएको छैन् । 

तस्बिरः कान्तिपुर टेलिभिजनबाट साभार


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ