मेयर बालेन आज लन्डन जाँदै

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) आज लण्डन जाँदैछन्  ।

फागुन ३० देखि चैत्र २ गतेसम्म लण्डनमा हुने ‘पार्टनरसिप फर हेल्दी सिटी समिट’मा सहभागी हुन मेयरसहित ४ सदस्यीय टोली आज साँझ लण्डन जान लागेको हो ।

टोलीमा काठमाडाैं महानगरपालिका २४ नम्बर वडाध्यक्ष विनोद भण्डारी, मेयर बालेनका प्रमुख स्वकीय सचिव भुपदेव शाह, महानगरका जनस्वास्थ्य सल्लाहकार डा.जगदीशप्रसाद जैसवाल लगायत रहेको बालेनको सचिवालयले जनाएको छ ।

सो अवधिसम्मका लागि मेयर बालेनले काठमाडौं महानगरको निमित्त प्रमुखको जिम्मेवारी उपप्रमुख सुनिता डङ्गोललाई दिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ