आईलीगमा किरण बने उत्कृष्ट गोलकिपर

Thankot Times

थानकोट ।

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ भारतीय फुटबल लीग (आईलीग)मा उत्कृष्ट गोलकिपर घोषित भएका छन्।

आईलीगमा पञ्जाब एफसीबाट खेलेका किरण आइतबार राति सम्पन्न लीगमा उत्कृष्ट गोलकिपर घोषित भएका हुन्। किरणको टिम पञ्जाबले एक खेल बाँकी हुँदै लिग उपाधि जितेको थियो।

च्याम्पियन बनेसँगै किरणको टिम पञ्जाब इन्डियन सुपर लिग (आईएसएल)मा बढुवा भएको छ।

आईलिगमा किरण यसअघि पनि उत्कृष्ट गोलकिपर चुनिएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *