सुनचाँदीको भाउ उकालो लाग्ने क्रम जारी

Thankot Times

थानकोट ।

कारोबार हुने साताको दोश्रो दिन आज (सोमबार) नेपाली बजारमा सुन तथा चाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन भाउ प्रतितोला ६ सय रुपैयाँले बढेर छापावाला सुन १ लाख ४ हजार १ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ५ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ प्रतितोला १० रुपैयाँले बढेर १२ सय ५५ रूपैयाँ कायम भएको छ।

आइतबार चाँदीको भाउ प्रतितोला १२ सय ४५ रूपैयाँमा कारोबार भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ