राष्ट्रपति रामचन्द्र पौडेलले लिए शपथ
थानकोट ।
राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले शपथ लिएका हुन्।
उनलाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ खुवाएका हुन्।
उनले प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङलाई पराजीत गरेका थिए।
राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आइतबार सकिएको थियो।













