देशभरका सरकारी कार्यालयमा राष्ट्रपति पाैडेलको यो तस्बिर राख्नुपर्ने
थानकोट ।
राष्ट्रपति कार्यालयको वेबसाइटमार्फत नयाँ राष्ट्रपति रामचन्द्र पौडेलको आधिकारिक तस्वीर सार्वजनिक भएको छ ।
पौडेलले पद तथा गोपनीयताको शपथ लिएर पदभार सम्हालेपछि वेबसाइटमार्फत आधिकारिक तस्वीर सार्वजनिक भएको हो ।
राष्ट्रपतिको तस्वीर देशभरका सरकारी कार्यालयमा झुन्ड्याउने प्रचलन छ ।

५ वर्षे कार्यकालका लागि पौडेल फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए ।
निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आइतवार राति सम्पन्न भएकाले पौडेलले सोमवार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।













