नेकपा एमालेको संसदीय दलको उपनेतामा सुवास नेम्वाङ मनोनित

Thankot Times

थानकोट । 

नेकपा एमालेको संसदीय दलको उपनेतामा सुवास नेम्वाङ मनोनित भएका छन् । 

एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष समेत रहेका नेम्वाङलाई उपनेता मनोनित गरेका हुन् ।  

 नेम्वाङ अघिल्लोपटक पनि उपनेता थिए । यसपटक राष्ट्रपतिको निर्वाचनमा पार्टीले उम्मेदवार बनाएपनि उनी पराजित भएका थिए । राष्ट्रपतिको निर्वाचनमा पराजित भएपछि ओलीले नेम्वाङलाई उपनेता बनाएका हुन् । 

प्रमुख सचेतक र सचेतकमा यसअघि नै पदम गिरी र महेश बर्तौंला मनोनित भइसकेका छन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *