सुनको मूल्य उकालो लाग्ने क्रम जारी

Thankot Times

थानकोट । 

मंगलबार नेपाली बजारमा सुन तथा चाँदीको भाउ बढेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार सात सय रूपैयाँ पुगेको छ। अघिल्लो दिनको तुलनामा यो अघिल्लो दिनको तुलनामा एक हजार ६ सय रूपैयाँले बढी हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख चार हजार एक सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। 

मंगलबार चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। सोमबार प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १३०० रूपैयाँमा कारोबार भइरहेको छ। 

अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस १९ सय ०२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

सोमबार चाँदीको भाउ प्रतितोला १२ सय ५५ रूपैयाँमा कारोबार भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ