दक्षिणकालीमा गाडीको ठक्करबाट २४ वर्षीय सन्दीपको ज्यान गयो

Thankot Times

थानकोट ।

दक्षिणकालीमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

सोमबार साँझ साढे ६ बजे दक्षिणकाली नगरपालिका-२ मा सडक निर्माणको काम भइरहेको ठाउँमा गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।

‘गाडी ब्याक हुने बेलामा लागेर त्यहीँ काम गर्ने मजदुरको मृत्यु भएको हो,’ उनले भने।

बागमती प्रदेश ०१-००३ प ८६९० नम्बरको गाडीले नुवाकोट घर भई त्यही काम गर्दै आएका २४ वर्षीय सन्दीप तामाङ घाइते भएका थिए।

उनको उपचारको लागि मेडिसिटी अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा सोमबार राति पौने ८ बजे मृत्यु भएको एसपी रिजालले बताए।

गाडीका चालकलाई प्रहरीले पक्राउ गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ