सुन चाँदीको भाउ स्थिर
थानकोट ।
नेपाली बजारमा आज बुधबार सुन तथा चाँदीको भाउ स्थिर बसेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन भाउ स्थिर बसेर छापावाला सुन १ लाख ५ हजार ७ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँ कायम भएको छ ।
मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार ७ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको भाउ पनि स्थिर बसेर प्रतितोला १३ सय रूपैयाँ कायम भएको छ।
मंगलबार चाँदीको भाउ प्रतितोला १३ सय रूपैयाँमा कारोबार भएको थियो।













