राष्ट्रपतिको औपचारिक तस्वीरः सेतो कपाल केही कालो भयो, गालाको कोठी फिर्ता !
थानकोट ।
राष्ट्रपति कार्यालयको ‘वेभसाइट‘मा राष्ट्रपति रामचन्द्र पौडेलको तस्वीर परिवर्तन गरिएको छ ।
राष्ट्रपति कार्यालयले बुधवार पौडेलको नयाँ तस्वीर ‘अपडेट’ गरेको हो ।
यसपटकको तस्वीर वास्तविक देखिएको छ । जुन यसअघि सार्वजनिक गरिएकोमा नदेखिएको भन्दै चाैतर्फी आलोचना भएको थियो ।
उक्त तस्वीरमा राष्ट्रपति पौडेलको अनुहारको कोठी हटाइएको थियो भने अनुहारमा देखिने वृद्धावस्थाका निशानहरूलाई पनि मेटाइएको थियो ।















