डीडीसीको दूधको मूल्य लिटरमा ११ रुपैयाँले बढ्यो

Thankot Times

थानकोट । 

दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको मूल्य लिटरमा ११ रुपैयाँले वृद्धि गरेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लिखित सहमतिमा बिहीबारदेखि लागू हुने गरी दूधको उपभोक्ता मूल्य बढाउने निर्णय गरिएको संस्थानका महाप्रबन्धक सञ्जिव झाले बताए । 

अब डीडीसीको दूधको प्रतिलिटर मूल्य ८६ रुपैयाँबाट बढाएर ९७ रुपैयाँ कायम भएको छ । 

गत १९ फागुनमा सरकारले किसानले पाउने दूधको मूल्य बढाउने निर्णय गरेको थियो । ३ प्रतिशत फ्याट ८ एसएनएफयुक्त दूधको किसान मूल्य ५६ रुपैयाँबाट बढाएर सरकारले ६५ रुपैयाँ पुर्‍याएको थियो । त्यसको एक सातापछि २५ फागुनमा निजी क्षेत्रका डेरी उद्योगहरुले दूध तथा दुग्ध पदार्थको मूल्य वृद्धि गरेका थिए । निजी डेरीहरुले दूधको मूल्य लिटरमा १४ रुपैयाँले बढाएका थिए भने दुग्धजन्य पदार्थको मूल्य लिटरमा २ सय रुपैयाँसम्मले बढेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ