जिल्लास्तरीय रनिङ्ग शिल्डमा चन्द्रागिरिलाई ६ स्वर्णसहित २३ पदक, नगरको भद्रगोल व्यवस्थापन
थानकोट ।
चन्द्रागिरि नगरपालिकाको भद्रगोल व्यवस्थपानका बीच १२ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा चन्द्रागिरि नगरपालिकाले ६ स्वर्णसहित २३ पदक प्राप्त गरेको छ ।
चन्द्रागिरि नगरपालिकाले छात्रा भलिबलसहित एथलेटिक्स विधामा स्वर्ण पदक प्राप्त गरेको हो । चन्द्रागिरि नगरले एथलेटिक्सको ३ हजार मित्रटर छात्रमा स्वर्ण जितेको छ ब्राइट होराइजनका हस्त सुनारले सो विधामा स्वर्ण जित्दा १ हजार ५ सय मिटर दाैडमा कंकाली माविका अनुज महतले स्वर्ण जिते ।
यसैगरी छात्रा ८ सय मिटर दाैडमा भीम माविकी डोल्मा तामाङले स्वर्ण जित्दा ४ सय मिटर रिलेमा ब्राइट होराइजनका सुनसरी शाही, कृतिमाया थोकर, शारदा तिवारी तथा भीम माविकी डोल्मा तामाङले चन्द्रागिरि नगरका लागि स्वर्ण दिलाए ।
ज्याभलिन थ्रो मा ब्राइट होराइजनका दाली शेर्पाले स्वर्ण चुमेका थिए ।
चन्द्रागिरि नगरपालिकाले छात्रा ट्रिपल जम्प, र ४x४०० मिटर रिले दाैडमा कास्य जितेको छ भने एथलेटिक्समा ४ रजत र ३ कास्य जित्यो ।
चन्द्रागिरिले छात्रातर्फ कबड्डीमा कास्य पदक जित्दा कराँते खेलमा पनि २ कास्य जित्दा तेक्वान्दोमा २ रजत र २ कास्य जित्यो ।
चन्द्रागिरिले प्रतियोगिता भर कुल ६ स्वर्ण, ८ रजत तथा ९ कास्य जित्यो ।
चन्द्रागिरि नगरपालिकाको नगरको शिक्षा तथा युवा शाखाले प्रतियोगितामा नगरपालिकाका तर्फबाट सहभागी खेलाडीहरूको खाना, खाजा, यातायात लगायतमा कमजोर व्यवस्थापन गरेको सहभागी खेलाडीहरूले बताएका छन् ।
पर्याप्त बजेट भएपनि गत महिना सम्पन्न चन्द्रागिरि नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पनि व्यवस्थापन अस्तव्यस्त देखिएको थियो ।














