मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
थानकोट ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशभर आंशिकदेखि सामान्य बदली रही कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ।
शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली हुने तथा देशको पहाडी भूभागका केही स्थानहरू तथा तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
शनिबार देशभर आंशिकदेखि बदली र पहाडी भूभागका केही स्थानहरू तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित बर्षा हुनेछ ।मौसमविद्का अनुसार आइतबार पहाडी भूभागका केही स्थानहरू तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ।
देशको पहाडी भूभागका केही स्थानहरू तथा तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग र हावाहुरीसहित बर्षाको सम्भावना रहेको र यसबाट हुने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।













