आरिफ र आसिफलाई वीरगञ्ज महानगरले मोटरसाइकल दिने

Thankot Times

थानकोट ।

राष्ट्रिय क्रिकेट टोलीका सदस्यद्वय आरिफ शेख र आसिफ शेखलाई वीरगञ्ज महानगरपालिकाले मोटरसाइकल पुरस्कार दिने भएको छ ।

वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले एकदिवसीय मान्यता सुरक्षित गर्न र नेपललाई विश्वकप छनोटमा पुर्‍याउन उत्कृष्ट प्रदर्शन गरेको भन्दै शेख दाजुभाइलाई मोटरसाइकल दिने घोषणा गरेका हुन् ।

मेयर सिंहले वीरगञ्जका स्थानीयले राष्ट्रको प्रतिनिधित्व गर्दै शीर उँचो बनाएकोले स्थानीय सरकारको रुपमा पुरस्कृत गरेको बताए ।

राष्ट्रिय टिमका अलराउण्डर आरिफले विश्वकप छनोटको लागि निर्णयक खेलमा बिहीबार यूएई विरुद्ध अर्धशतकीय योगदान गरेका थिए । विकेटकिपर ब्याटर आसिफले लिग-२ मा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ