सांसदहरुलाई चियापानका लागि राष्ट्रपति पौडेलको निम्तो

Thankot Times

थानकोट । 

राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेश र प्रतिनिधिसभाका सांसदहरूलाई चियापानको निम्तो दिएका छन् ।

आफूलाई निर्वाचित गरेकोमा धन्यवाद दिन उनले शनिबार बिहान नौ बजेका लागि सांसदहरूलाई शीतल निवास बोलाएका हुन् । 

सांसदहरूसँगै प्रमुख दलका शीर्ष नेताहरूपनि आमन्त्रित छन् । पौडेल फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए । 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *