क्रिकेट टिमलाई दशरथ रंगशालामा सम्मान गरिने, टिकट रकम खेलाडी कल्याणकारी कोषमा
थानकोट ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ को तेस्रो स्थानमा जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउन सफल नेपाली क्रिकेट टोलीलाई दशरथ रंगशालमा सम्मान गरिने भएको छ ।
एमडीएसी स्पोट्सका प्रमुख कार्यकारी अधिकृत अर्जुन घिमिरेका अनुसार क्रिकेट टिमलाई सहिद स्मारक ‘ए’ डिभिज लिगमा शनिबार हुने सशस्त्र प्रहरी बल (एपीएफ) र मनाङ मर्स्याङ्दीबीचको खेलका क्रममा क्रिकेट टिमलाई सम्मान गरिनेछ ।
दुई टिमबीचको खेलमा टिकटबापत उठेको सम्पूर्ण रकम नेपाल क्रिकेट संघ (क्यान)को कल्याणकारी कोषमा हस्तान्तरण गरिनेछ ।
लिगको खेलमा रंगशालाको सामान्य प्यारापिटतर्फको टिकट मूल्य १०० रुपैयाँ र भीआईपी प्यारापिटतर्फको टिकट मूल्य ३०० रुपैयाँ तोकिएको छ ।













