उपराष्ट्रपतिमा निर्वाचित भएपछि यादवले भने- कर्तव्य र अधिकारको इमानदारीका साथ पालना गर्छु
थानकोट ।
उपराष्ट्रपतिमा निर्वाचित भएका रामसहाय यादवले उक्त पदको काम, कर्तव्य र अधिकारको इमानदारीका साथ पालना गर्ने बताएका छन् ।
शुक्रबार भएको उपराष्ट्रपति पदको निर्वाचनमा यादव निर्वाचित भएका थिए । त्यसपछि संक्षिप्त प्रतिक्रिया दिँदै यादवले उक्त कुरा बताएका हुन् । ‘नेपालको संविधान र ऐन कानुनको पालना गर्छु । उपराष्ट्रपति पदको काम, कर्तव्य र अधिकारको इमानदारीका साथ पालना गर्छु,’ उनले भने ।
त्यस्तै, राष्ट्रिय एकता र शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न पनि आफूले भूमिका खेल्ने उनको भनाइ छ । ‘राष्ट्रिय एकता र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन भूमिका निभाउँछु,’ यादवले भने ।













