नेपाल उसु महासंघको केन्द्रीय अध्यक्षमा जनक बर्ताैला सर्वसम्मत चयन

Thankot Times

थानकोट । 

काठमाडाैंमा नेपाल उसु महासंघको केन्द्रीय साधारण सभा सम्पन्न भएको छ । शनिबार लाजिम्पाटस्थित एक होटलमा नयाँ पदाधिकारी चयन गर्दै साधारण सभा सकिएको हो । 

नेपाल उसु महासंघले साधारण सभा आयोजना गरेको हो । साधारण सभामा केन्द्र, ४ वटा प्रदेश र विभिन्न ३० जिल्लाका ६९ जना प्रतिनिधिको उपस्थिति रहेको महासंघको बागमती प्रदेश उपाध्यक्ष नविन महर्जनले जानकारी दिनुभयो । 

साधारण सभाले जनक प्रसाद बर्ताैलाको नेतृत्वमा २० सदस्यीय पदाधिकारी चयन गरेको छ । साधारण सभाले शैलेश कर्माचार्यलाई वरिष्ठ उपाध्यक्ष, अभिषेक विक्रम शाह र दिपक लामालाई उपाध्यक्षमा चयन गरेको छ । 

यसैगरी महासंघको महासचिवमा नवराज ढुङ्गाना निर्वाचित हुँदा राजीव महर्जन उपमहासचिवमा चुनिनुभएको छ । नविन बस्नेतले सचिवको जिम्मेवारी पाउनुभएको छ । महासंघको कोषाध्यक्षमा शंकर भुजेल चुनिनुभएको छ । यसैगरी महासंघको सदस्य पदमा सुवराम मुनकर्मी, लभ ढुङ्गाना, नविन महर्जन चुनिनुभएको छ । महर्जन चन्द्रागिरि नगरपालिका बासी हुनुहुन्छ । यसैगरी राजेन्द्र कुमार राई, डम्बर यादव, शर्मिला कारन्जित, अञ्जली थापा, तिलक बहादुर चाैधरि, जनकराज उपाध्याय, अजय बुढाथोकी, गजराज खड्का र रामबहादुर राना भुसाल नेपाल उसु महासंघको सदस्यमा निर्विरोध चुनिनु भएको प्रमुख निर्वाचन अधिकृत प्रेम बहादुर मल्लले जानकारी दिनुभयो ।

नवनिर्वाचित पदाधिकारीहरूको कार्यकाल चार वर्ष रहने बताइएको छ ।

राखेपले गत पुस ५ गते तीन महिनाभित्र विधान स्वीकृत गराई निर्वाचन सम्पन्न गर्ने गरी बर्तौला कै अध्यक्षतामा नेपाल उसु महासंघ तदर्थ समिति गठन गरेको थियो ।
नव निर्वाचित पदाधिकारीहरुलाई राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत प्रेमबहादुर मल्लले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुका साथै प्रमाण पत्र प्रदान गरेका थिए । 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ