चन्द्रागिरि एकल नृत्य प्रतियोगिताको उपाधी दिप्सा अधिकारीलाई

Thankot Times

थानकोट । 

राइजिङ्ग स्टार कल्चर ग्रुपको आयोजनामा शनिबार सम्पन्न एकल नृत्य प्रतियोगिताको उपाधी दिप्सा अधिकारीले जितेकी छिन् । ४० जना प्रतियोगीहरूलाई पछि पार्दै अधिकारीले उपाधी जितेकी हुन् । 

चन्द्रागिरि नगरपालिका क्षेत्रमा बसोबास गरिरहेका प्रतिभाहरूले सहभागिता जनाएको सो प्रतियोगितामा मनिला कुमारी गुरूङ दोश्रो स्थानमा रहँदा आर्यन अधिकारी तेस्रो भए ।

विजयीहरूलाई चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी, चन्द्रागिरि ७ का वडाध्यक्ष शम्भुकुमार केसी लगायतले पुरस्कार वितरण गर्नुभयो । 

चन्द्रागिरि नगरपालिका-७ स्थित ग्रीनल्याण्ड ब्याङ्क्वेटमा सहभागीहरूबीच प्रतिस्पर्धा गराई विजेता चयन गरिएको हो । विजेताले ट्रफी, मेडल तथा नगद पुरस्कार पाएका छन् ।

राइजिङ्ग स्टार कल्चर ग्रुपले विगतदेखी नै संस्कृति जगेर्नासम्बन्धी विविध सृजनात्मक एवं रचनात्मक कार्यहरू गर्दै आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *