रेजिना उप्रतीलाई पराजित गर्दै चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित
थानकोट ।
चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन्।
अर्का उम्मेदवार रेजिना उप्रेतीलाई पराजित गर्दै निरौला अध्यक्ष निर्वाचित भएका छन्।
शनिबार भएको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा कविता गेलाल, उपाध्यक्षमा शिवहरि नेपाल बैरागी र महासचिव सविन श्रेष्ठ निर्वाचित भएका छन्।
यस्तै सचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्ष सुनिल कटवाल र सहकोषाध्यक्ष पवित्रा आचार्य निर्वाचित भएका छन्।













