प्रचण्डलाई विश्वासको मत दिने रास्वपाको निर्णय

Thankot Times

थानकोट । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ। 

आज बसेको पार्टी संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए। प्रतिनिधिसभामा रास्वपाका १८ जना सांसद रहेका छन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि संसद्‌बाट विश्वासको मत लिने कार्यक्रम छ। गत पुस २६ गते पनि रास्वपाले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएको थियो। यद्यपी तत्कालिन गृहमन्त्री रवि लामिछाने नागरिकता सम्बन्धी विवादपछि रास्वपा सरकारबाट बाहिरिएको थियो। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ