चन्द्रागिरि नगरमा बस्न आएका निवर्तमान उपराष्ट्रपति पुनलाई आँखीझ्याल उपहार

Thankot Times

थानकोट ।

शीतल निवासबाट नयाँ उपराष्ट्रपतिको स्वागत र पूर्वउपराष्ट्रपतिको बिदाई गरिएको छ ।

शीतल निवासमा सोमबार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

शपथ ग्रहण समारोहमा यादव दौरा, सुरुवाल र भादगाउँले टोपी लगाएका थिए । उनले गम्छा पनि भिरेका थिए ।

शपथ ग्रहणपछि उनलाई राष्ट्रपति पौडेल, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतले पुष्पगुच्छा दिएर बधाई ज्ञापन गरे ।

सोही समारोहमा पूर्वउपराष्ट्रपति पुनलाई प्रधानमन्त्री प्रचण्डले काठको आँखीझ्याल दिएर बिदाई गरे । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि आँखीझ्याल नै दिएर बिदाई गरिएको थियो ।

उपराष्ट्रपति यादवको सपथ ग्रहण समारोहमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत सहभागी थिए । समारोहमा उपराष्ट्रपति यादवकी श्रीमती चम्पादेवी यादवसहित परिवारका सदस्यहरु पनि सहभागी थिए ।

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन चैत २ गतेबाट नै चन्द्रागिरि नगरपालिका-१ इन्द्रस्थानस्थित नीजि निवासमा बस्न थालिसकेका छन् ।

इन्द्रस्थानस्थित पूर्व उपराष्ट्रपति पुनको नीजि निवास

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ