साफ यू-१७ महिला फुटबल: भारतसँग नेपाल ४-१ ले स्तब्ध

Thankot Times

थानकोट । 

बंगलादेश, नेपाल, भारत र भुटान सम्मिलित साफ यू–१७ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भारतसँग ४–१ ले पराजित भएको छ ।

बंगलादेशको राजधानी ढाकास्थित मुस्तफा कमल स्टेडियममा सोमबार सुरू भएको च्याम्पियनसिपको पहिलो खेलमा भारतकी शिलजी शाजीले ह्याट्रिक गरिन् ।

खेलको १० औं मिनेटमा उनले पहिलो गोल गर्दै भारतलाई १–० को अग्रता दिलाएकी हुन् । ४० औं मिनेटमा पुन शिलजीले किपरलाई वान एण्ड वानमा बिट गर्दै दोस्रो गोल गरिन् ।

नेपालको निकै फितलो डिफेन्स र गोल रक्षक अगाडि बढेको अवस्थामा भारतका लागि पुजाले तेस्रो गोल गरिन् ।

पहिलो हाफमा ३–० को अवस्थामा रहेको खेलमा दोस्रो हाफमा नेपालले एक गोल मात्रै फर्काउन सक्यो । नेपालका लागि बर्षा ओलीले ५४ औं मिनेटमा गरेको गोल नै नेपालको लागि एक मात्र गोल बन्यो । त्यस्तै, खेलको ८१ औं मिनेटमा पुन शिलजीले ह्याट्रिक पूरा गर्दै भारतलाई ४–१ को जित सुनिश्चित गराइन् ।

प्रतियोगितामा रसियाले पाहुना टोलीका रूपमा सहभागिता जनाएको छ। प्रतियोगिता अन्तर्गत नेपालले बुधबार भुटानसँग खेल्नेछ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ