निर्वाचन आयोगद्वारा उपनिर्वाचनका लागि दल दर्ता आह्वान

Thankot Times

थानकोट ।

निर्वाचन आयोगले आगामी वैशाख १० गते दुई क्षेत्रमा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ।

आयोगले तनहुँ क्षेत्र नं. १ र बारा क्षेत्र नं. २ को उप-निर्वाचनमा भाग लिन दल दर्ताका लागि आह्वान गरेको हो।

दल दर्ताका लागि आयोगले बुधबारदेखि चैत १२ गतेसम्मको समय दिएको छ।

‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम मिति २०७९।१२।५ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम संवत् २०७९ साल चैत ८ गते देखि २०७९ साल चैत १२ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ, काठमाडौँस्थित कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सूचित गरिएको छ’, आयोगद्वारा प्रकाशित सूचनामा भनिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ