प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता: नेपाल र लाओसबीचको खेल आज

Thankot Times

थानकोट । 

आजबाट काठमाडाैंमा प्रधानमन्त्री कप थ्री नेसन्स फुटबल प्रतियोगिता सुरू हुँदैछ । 

प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली नेपालले लाओसबीच खेल हुनेछ । यो खेल साँझ ६ बजेपछि हुनेछ । नेपालले सन् २०१६ मा सोलिडारिटी कपमा लाओसविरुद्ध प्रतिस्पर्धा गरेको थियो । जसमा नेपाल विजयी भएको थियो।

फिफा वरीयतामा लाओस १८७ र नेपाल १७५औँ स्थानमा छन् । 

थ्री नेसन्स कपमा घरेलु टोली नेपालसहित भुटान र लाओसको सहभागिता रहेको छ ।

सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्नेछन् । विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ ।

उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले २ सय ५० डलर पाउने छन् । एन्फाले सामान्य प्यारापिटतर्फ ५ सय र भीभीआईपीतर्फ १ हजार टिकट दर राखिएको छ ।

प्रतियोगिताको प्रत्यक्ष प्रसारण एनटिभी प्लसबाट हुनेछ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ