सुनको भाउ प्रति तोलामा २ हजार रूपैयाँले गिरावट

Thankot Times

थानकोट । 

नेपाली बजारमा आज सुन तथा चाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन भाउ प्रतितोला २ हजार रुपैयाँले घटेर छापावाला सुन १ लाख ७ हजार ८ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८ रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले घटेर १३ सय ३५ रूपैयाँ कायम भएको छ।

मंगलबार चाँदीको भाउ प्रतितोला १३ सय ४० रूपैयाँमा कारोबार भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ