मनकामना केबुलकारले ८ महिनामा एउटै पालिकालाई कर बापत बुझायो ४३ लाख

Thankot Times

थानकोट ।

चितवनको इच्छाकामना गाउँपालिकाले चालू आर्थिक वर्षको आठ महिनामा मनकामना दर्शन प्रालिको मनकामना केबुलकारबाट ४३ लाख रूपैयाँ भन्दा धेरै आम्दानी  गरेको छ ।

आर्थिक वर्षको दोस्रो चौमासिक सकिँदै गर्दा पालिकाले सार्वजनिक गरेको आम्दानी विवरणअनुसार पालिकाले ६६ लाख ३६ हजार ५६६ रूपैयाँ कुल आम्दानी गर्दा केबुलकारबाट मात्रै ४३ लाख ३४ हजार ७ सय १९ रूपैयाँ आम्दानी गर्न सफल भएको देखिन्छ ।

‘अहिलेसम्म हरेक वर्ष पालिकाको सबैभन्दा ठूलो आम्दानीको स्रोत भनेकै मनकामना केबुलकार हो’, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले भने, ‘समग्रमा केबुलकारले गाउँपालिकाको आर्थिक स्रोत संकलनमा ठूलै भूमिका खेल्दै आएको छ ।’

दोस्रो नम्बरमा भने लामो झरनाको नामले परिचित जलविरे झरनाले आम्दानीको स्रोत बढाएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत भुसालका अनुसार जलविरे झरनाले मात्रै यो आठ महिनामा १४ लाख ६५ हजार ४३० रूपैयाँ आम्दानी गर्न सफल भएको छ ।

पालिकाले चालु आर्थिक वर्षमा मनकामना दर्शन प्रालिबाट ५० लाख राजश्व संकलनको लक्ष्य लिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ