जिफन्टका अध्यक्ष श्रेष्ठ दक्षिण एसियाली क्षेत्रीय ट्रेड यूनियन काउन्सिल उपाध्यक्षमा निर्वाचित
थानकोट ।
नेकपा एमालेको भातृ संस्था नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठ दक्षिण एसियाली ट्रेड युनियन परिषद् (सार्कटुक)को उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।
श्रीलंकामा हालै सम्पन्न परिषद्को तेश्रो अधिवेशनबाट श्रेष्ठ उपाध्यक्षमा चुनिनुभएको हो ।
यसैगरी नेपाल ट्रेड युनियन कांग्रेसका पूर्व अध्यक्ष लक्ष्मण बहादुर बस्नेत परिषद्को महासचिवमा पुनःनिर्विरोध निर्वाचित हुनुभएको बताइएको छ ।
सार्कटुक दक्षिण एसियाका राष्ट्रिय स्तरका ट्रेड युनियनहरूको क्षेत्रीय महासंघ हो। सन् १९८८ मा स्थापित सार्कटुक दक्षिण एशिया क्षेत्रका स्वतन्त्र र लोकतान्त्रिक ट्रेड युनियनहरूमा संगठित श्रमिकहरूलाई एकताबद्ध गर्न र सदस्य ट्रेड युनियनहरू बीच परामर्श र सहकार्यका लागि अग्रसर रहेको छ ।
क्षेत्रीय स्तरमा स्वतन्त्र र प्रजातान्त्रिक ट्रेड युनियनहरू मिलेर बनेको र यस क्षेत्रका श्रमिक जनताको हितलाई प्रवर्द्धन गर्ने र गरिमा अभिवृद्धि गर्ने कार्यमा प्रतिबद्ध रहेको क्षेत्रीय स्तरमा शक्तिशाली र प्रभावकारी संगठनको विकास र विकास गर्नु सार्टुकको प्राथमिक उद्देश्य हो।













