कति होला नेपालको जनसंख्या ? २०७८ सालको जनगणनाको तथ्याङ्क आज सार्वजनिक हुने
थानकोट ।
नेपालमा दुई वर्षअघि सम्पन्न भएको राष्ट्रिय जनगणनाको आधिकारिक जनसङ्ख्याको घोषणा शुक्रबार हुने भएको छ ।
जनगणनाको तथ्याङ्क शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गर्न लागेका हुन् ।
सोल्टी होटेलमा बिहान ८ बजे तथ्याङ्क विभागले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको जनसङ्ख्याको आधिकारिक घोषणा गर्ने बताइएको छ ।













