बागमती प्रदेश सभाको बैठक बस्दै

Thankot Times

थानकोट ।

बागमती प्रदेशशभाको बैठक आज बस्दैछ ।

बुधबारका लागि बोलाइएको बैठक आजका लागि बोलाइएको हो । नेपाली कांग्रेसका सांसदहरू अनुपस्थित हुने भएपछि बुधबारका लागि बोलाइएको बागमती प्रदेशसभाको आजका लागि सारिएको थियो ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र सभामुख भुवन पाठकबीच भएको छलफलपछि प्रदेशसभा बैठक चैत १० गते दिउँसो १ बजे बस्ने गरी सारिएको हो ।

बुधबार मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने गरी प्रदेशसभा बैठक बोलाइएको थियो । तर, आफूहरूसँग सल्लाह नगरी विश्वासको मतसम्बन्धी प्रस्तावबारे मुख्यमन्त्री अगाडि बढेको भन्दै कांग्रेसले आफ्ना सांसद बैठकमा उपस्थित हुन नसक्ने जानकारी दिएको थियो


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ