आज पनि बढ्यो सुनको भाउ, चाँदीको स्थिर

Thankot Times

थानकोट ।

नेपाली बजारमा शुक्रबार सुनको भाउ बढ्दा चाँदीको स्थिर बसेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन भाउ प्रतितोला ८ सय रुपैयाँले बढेर छापावाला सुन १ लाख ९ हजार ८ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ स्थिर बस्दा चाँदी प्रतितोला १३ सय ६० रूपैयाँ कायम भएको छ।

बिहीबार चाँदीको भाउ प्रतितोला १३ सय ६० रूपैयाँमा नै कारोबार भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ