दुई महिना नपुग्दै गयो बागमती प्रदेशका कृषिमन्त्री पोखरेलको पद

Thankot Times

थानकोट ।

बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री केशवप्रसाद पोखरेलको पद २ महिना नपुग्दै गएको छ ।

नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने घोषणा गरेसँगै मन्त्री पोखरेलको पद गएको हो ।

शुक्रबार दिउँसो १ बजे बसेको प्रदेश सभाको बैठकमा सम्बोधन गर्दै नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने घोषणा गरेका हुन् ।

एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्री बनेका जगन्नाथ थपलिया, कृषि तथा पशुपन्छी विकास मन्त्री पोखरेल, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ र श्रम रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठ सरकारमा सहभागी भएका थिए । 

पोखरेल गत माघ ११ गते मन्त्री बनेका थिए । 

केन्द्रीय सत्ता समीकरणमा फेरबदल भएसँगै वागमती प्रदेशमा पनि नेकपा एमाले सरकारबाट बाहिरिएको घोषणा गरेको हो  ।

पोखरेल काठमाडाैं क्षेत्र नं. ९ को प्रदेश २ बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ