नेपाली कांग्रेसको चन्द्रागिरि नगर सम्मेलन चैत २६ गते

Thankot Times

थानकोट ।
नेपाली कांग्रेसको चन्द्रागिरि नगर सम्मेलन चैत २६ गते आईतबार हुने भएको छ।

साे पार्टीको शनिबार बसेकाे नगर समितिको बैठकले चैत २६ गते नगर सम्मेलन गर्ने निर्णय गरेकाे नेपाली कांग्रेस चन्द्रागिरि नगर सचिव नवीन महर्जनले जानकारी दिनुभयो ।


नेपाली कांग्रेस चन्द्रागिरि नगर सभापति घनश्याम गिरीकाे अध्यक्षतामा बसेकाे बैठकले नेपाली कांग्रेसको विधान, २०१७ (संसोधनसहित)को परिच्छेद ३ स्थानिय तह संगठन को दफा ९ को उपदफा ७ मा व्यवस्था भयए बमोजिम नगरपालिका सम्मेलनकाे मिति तय गरेकाे बताइएको छ ।
सम्मेलनकाे विस्तृत कार्यक्रम पछि सार्वजनिक गरिने सचिव महर्जनले थानकोट टाइम्सलाई जानकारी दिनुभयाे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ