पछिल्लो ८ महिनामा नेपालीले ९० लाखको २७ टन ‘टुथ–पिक’ ले दाँत कोट्याए
थानकोट ।
चालू आर्थिक वर्षको पहिलो ८ महिनाको अवधिमा दाँत कोट्याउने ‘टुथ-पिक’ आयातमा नेपालबाट ८९ लाख ५६ हजार रुपैयाँ बाहिरिएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि फागुन महिनासम्मको अवधिमा नेपालबाट उक्त मूल्य बराबरको बाँसबाट बनेको दाँत कोट्याउने टुथ-पिक भित्रिएको हो ।
विभागका अनुसार यस अवधिमा नेपालमा २७ हजर ७०० किलोग्राम टुथ-पिक आयात भएको छ ।
विभागका अनुसार नेपालमा चीन र थाइल्याण्डबाट दाँत कोट्याउन टुथ-पिक आयात हुन्छ । गत आर्थिक वर्षको ८ महिनाको अवधिमा विदेशबाट २ करोड ३६ लाख रुपैयाँको टुथ-पिक आयात भएको थियो ।
उक्त अवधिमा विदेशबाट ७८ हजार किलोग्राम टुथ-पिक भित्रिएको भन्सारको तथ्यांक छ ।













