मातातीर्थमा गरिएको रक्तदान कार्यक्रममा ४० जनाको सहभागिता

Thankot Times

थानकोट ।

नेपाल स्वयंसेवी रक्तदाता समाजको आह्वानमा चन्द्रागिरि सरोकार समाजको समन्वय तथा लालीगुराँस महिला समुहको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

चन्द्रागिरि नगरपालिका-८ मातातीर्थमा सम्पन्न सो कार्यक्रममा २४ जना पुरूष तथा १६ जना महिलाले रक्तदान गरेको बताइएको छ ।

चन्द्रागिरि नगरपालिकाका समसामयिक विषयका बारेमा आवाज बुलन्द गर्दै आएको छ भने लालीगुराँस महिला समुह मातातीर्थ क्षेत्रमा समाजसेवाको क्षेत्रमा सक्रिय रहँदै आएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *