दुई दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता सञ्चारमन्त्रीको दाबी

Thankot Times

थानकोट ।

नेपाल सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दुई दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएकी छन् । 

सत्तारूढ दलहरूबीच मन्त्रालय बाँडफाँडको विषयमा किचलो भइरहँदा सञ्चारमन्त्री शर्माले मन्त्रिपरिषद् विस्तारको गृहकार्य अन्तिम चरणमा पुगेको बताएकी हुन् ।

बुधबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले भनिन्, “सम्माननीय प्रधानमन्त्रीज्यूले भर्खरै विश्वासको मत लिनुभएको छ । र, सरकार विस्तारको चरणमा हामी छौँ । सरकार विस्तारको गृह कार्य करिबकरिब अन्तिम अवस्थामा आएको छ । अब मलाई लाग्छ– आजभोलि १–२ दिनमै सरकार विस्तारले पूर्णता पाउनेछ ।” 

मन्त्री शर्माले वर्तमान सरकारप्रति जनतामा आशा पलाएको उल्लेख गर्दै उनीहरूको चाहना अनुसार काम गर्ने प्रतिबद्धता जनाइन् । उनले संक्रमणकालीन न्याय निरुपणका लागि सरकारले विधेयक संसद्मा ल्याएको र त्यसैलाई छिट्टै पारित गरी कार्यान्वयनमा लैजाने बताइन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *