नेकपा एकीकृत समाजवादीबाट बेदुराम भुसाल र प्रकाश ज्वाला मन्त्री बन्दै
थानकोट ।
नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष बेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वालालाई मन्त्रीमा सिफारिस गरिएको छ ।
आज बसेको सचिवालय बैठकले भुसाल र ज्वालालाई मन्त्रीमा सिफारिस गर्ने निर्णय गरेको हो ।
“मन्त्रालयको टुंगो लागिसकेको छैन् । अहिले बस्ने गठबन्धन बैठकले मन्त्रालयबारे टुंगो लगाउला । पार्टीबाट म र प्रकाशजी जाने कुरा भएको छ,” भुसालले भने ।
आजै शपथको सम्भावनासमेत रहेको उनले बताए ।













