नेपाली काँग्रेसबाट मन्त्री बन्नेहरूको नाम टुंगो लाग्यो
थानकोट ।
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा नेपाली कांग्रेस पार्टीका तर्फबाट मन्त्री बन्नेहरूको टुंगो लागेको छ।
सत्ता गठबन्धनमा कांग्रेसले पाएको ८ वटा मन्त्रालय र मन्त्रीको नाम टुंगो लागेको हो ।
उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुन लागेको कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा, सहरी विकास, सामान्य प्रशासन, स्वास्थ्य, कानुन र भूमि व्यवस्था मन्त्रालय सम्हाल्नेछ ।
कांग्रेसले अर्थमा प्रवक्ता प्रकाशशण महत, सहरीमा एनपी साउद, सामान्य प्रशासनमा धनराज गुरुङ, स्वास्थ्यमा मोहन बस्नेत, कानुनमा डिगबहादुर लिम्बु र भूमि व्यवस्थामा सीता गुरुङलाई पठाउने भएको छ ।













