राती राती खसी बोका चोरी दिउँसो बिक्री, किन्ने र बेच्ने सबैजना प्रहरीको फन्दामा

Thankot Times

थानकोट ।

खसी बोका चोरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।

रातको समयमा ट्याक्सीमा हालेर खसी बोका चोरी गर्ने रामेछापका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार खसी बोका चोरेर ट्याक्सीमा लैजाँदै गरेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा ट्याक्सी चालक रामेछाप जिल्ला दोरम्बा शैलुङ्गगाउँपालिका- ४ का २४ बर्षीय मिलन तामाङ र सोही गाउँपालिकाका-७ का ४० वर्षिय सुमन तामाङ रहेका छन् ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय बनेपाले पक्राउ गरेको हो । बनेपा प्रहरीले मिलन र सुमनले चोरी गरेको खसी, बोका किन्दै आएका रामेछापकै मन्थली नगरपालिका वडा नम्बर ५ घर भएका ४३ वर्षीय देवी बहादुर कार्कीलाई पनि पक्राउ गरेर अनुसन्धान थालेको छ ।
बिहीबार राति ३ बजे  शापुरीस्थित सडक खण्डमा बा. २ ज. ४३२७ नम्बरको ट्याक्सीमाथि शंका लागि चेकजाँच गर्दा डिकिमा अन्दाजी ३० केजी जतीको कालो रंगको बोका लिएर काठमाण्डौ तर्फ आउँदै उनीहरू पक्राउ परेका हुन्। प्रहरीका अनुसार डिकीमा बोका फेला परेपछि प्रहरीले सोधपुछ गर्दा पनौती नगरपालिका वडा नम्बर ३ कुशादेवीबाट चोरी गरि ल्याएको खुलेको थियो ।

पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत काभ्रेबाट चोरी मुद्दा शिर्षकमा म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *