संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै अर्थशास्त्री, पूर्व सञ्चारकर्मी तथा पूर्व प्रहरी
थानकोट ।
बैशाख १० मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तीन उम्मेदवारले आज संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्ने भएका छन् ।
रास्वपाका चितवन-२ का उम्मेदवार पूर्व सञ्चारकर्मी रवि लामिछाने, तनहुँ-१ का उम्मेदवार अर्थशास्त्री डा. स्वर्णिम वाग्ले र बारा-२ का उम्मेदवार पूर्व प्रहरी अधिकारी रमेश खरेलले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
पत्रकार सम्मेलन पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा अपराह्न ४ बजे हुनेछ ।













