वडाध्यक्षको चारवटा दाँत भाँचिदिएको अभियोगमा बाबु छोरा पक्राउ

Thankot Times

थानकोट ।

बुवा छोरा मिलेर वडा अध्यक्षमाथि कुटपिट गरेको आरोपमा बैतडीमा दुई जना पक्राउ परेका छन् ।

जिल्लाको मेलौली नगरपालिका-१ का वडा अध्यक्ष शरदसिंह नेगीको चार वटा दाँत भाँचेको आरोपमा बुवाछोरालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

वडा अध्यक्षमाथि कुटपिट गरेर दाँत भाँचेको आरोपमा मेलौली –१ का ४२ वर्षीय जनार्दन नेगी र उनका छोरा २३ वर्षीय पारस नेगीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

प्रहरी निरीक्षक जोशीले भने, “कुटपिट हुँदा वडा अध्यक्षका चार वटा दाँत भाँचिएका छन् । दाँत भाँच्ने जनार्दशन नेगी वडा कार्यालयकै कार्यालय सहयोगी भएको खुलेको छ ।

बिहीबार राति पसलमा बसेका बेला विवाद हुँदा बुवाछोरा मिलेर वडा अध्यक्षमाथि कुटपिट गरेका थिए । कुटपिटबाट घाइते वडा अध्यक्षको मेलौली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ गोरखापत्र दैनिकमा खबर छ ।

 

कुटपिटबाट घाइते वडा अध्यक्षको मेलौली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *