नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आइतबार बिहान बस्ने

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार बिहान १० बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने जानकारी दिए। 

बारा २ मा हुने उपनिर्वाचनमा के गर्ने भन्नेबारे छलफल गरी निर्णय गर्ने कांग्रेसको तयारी छ। 

कांग्रेसले बारा २ मा जसपा अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने तयारी गरेकोमा यसअघिको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा केही नेताहरूले असन्तुष्टि जनाएका थिए। 

यस्तै सरकारमा थप मन्त्री पठाउनेबारे पनि छलफल हुनेछ। कांग्रेसले ८ मन्त्रालय पाएकोमा शुक्रबार ४ मन्त्रीलाई मात्रै शपथग्रहणमा पठाएको थियो। अब ४ मन्त्री छान्न बाँकी छ। 

नेता शेखर कोइराला पक्षले कम्तीमा ३ मन्त्रालय आफूहरुले छान्न पाउनुपर्ने अडान राखिरहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *