खप्तड गोल्डकप फुटबलको उपाधि थ्री स्टार क्लबको पोल्टामा

Thankot Times

थानकोट ।

छैटौँ संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्री स्टार क्लबले जितेको छ ।

धनगढी रङ्गशालामा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई २-० गोलले हराउँदै थ्री स्टार क्लबले उपाधि जितेको हो ।

उपाधिसँगै थ्री स्टारले २१ लाख रुपैयाँ पुरस्कार पाएको छ भने मनाङले १० लाख रुपैयाँ पाएको छ ।

सुदूरपश्चिम-११ स्पोर्ट्स क्लबले आयोजना गरेको प्रतियोगितामा ‘ए’ डिभिजनका ६ टोली, दुई विदेशी र मोफसलको बाग्मती युथ क्लब र आयोजक गरी १० टोली सहभागी थिए ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ