काठमाडौं-कुलेखानी-हेटौंडा जोड्ने अर्को सडकपनि सडक मर्मतका लागि बन्द

Thankot Times

थानकोट ।

थानकोट-चित्लाङ-कुलेखानी सडकका अतिरिक्त काठमाडौं प्रवेश गर्ने छोटो दूरीको हेटौँडाबाट-कुलेखानी-फर्पिङ सडक पनि स्तरोन्नतिका लागि आंशिक समयका लागि बन्द गरिएको छ ।

चैत्र १६ गतेबाट चित्लाङ-चन्द्रागिरि-थानकोट सडक र चैत्र १८ गतेबाट कुलेखानी-सिस्नेरी-छैमले-दक्षिणकाली सडक स्तरोन्नतिका क्रमका बन्द गरिएका हुन् ।

थाहा नगरपालिका प्रमुख विष्णु विष्टका अनुसार सडक स्तरोन्नति एवं मर्मतकार्य जारी रहेकाले अर्को सूचना नभएसम्मका लागि सडक बन्द गरिएको छ ।

वडा कार्यालयका अनुसार प्रत्येक दिन बेलुका ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मका लागि सडक बन्द रहने भएको छ ।

त्यस्तै कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ को ज्यामिरेबाट रामचन्द्र भन्ज्याङ सडक स्तरोन्नतिसहित कालोपत्र गर्ने काम भइरहेकाले सो खण्डमा सडक बन्द गरिएको छ । इन्द्रसरोवर गाउँपालिका–३ को कार्यालयले सडक स्तरोन्नतिको काम गरिरहेको छ ।

हरेक दिन बिहान ७ देखि साँझ ५ बजेसम्म एम्बुलेन्स, स्थानीयका सवारीसाधन र स्थानीय रुटमा चल्नेबाहेकका सवारीसाधन बाहेका अन्य सवारीका साधन सञ्चालन नगर्न आग्रह गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *