मकर जितुमाया सुरी हाइड्रोपावरको आइपिओ खुल्यो, चैत्र २२ गतेसम्म आवेदन दिन सकिने
थानकोट ।
मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको आइपिओ आजदेखि निष्कासन तथा बिक्री खुला भएको छ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेपछि सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो।
कम्पनीले जारी पुँजीको ३० प्रतिशत अर्थात् २२ करोड ८० लाख रुपैयाँ बराबरको आइपिओ निष्कासन गरेको हो।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २२ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो।
जसमध्ये कम्पनीले ५ प्रतिशत अर्थात् ८० हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ३२ लाख २८ हजार कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याएको छ।
बाँकी रहेको १३ लाख ३७ हजार ३०२ कित्ता सेयर भने कम्पनीले सर्वसाधारणका लागि वितरण गरेको हो।
उक्त आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
कम्पनीको आइपिओमा छिटोमा चैत २२ गतेसम्म आवेदन दिन सकिनेछ भने उक्त समयमा माग बमोजिम आवेदन नपरेमा बिक्री अवधि २०८० वैशाख ३ गतेसम्म लम्बिनेछ।













