मर्मत कार्यका लागि चैत्र २२ गते मनकामना केबुलकार बन्द हुने

Thankot Times

थानकोट ।

गोरखाको मनकामना मन्दिर जाने दर्शनार्थीहरुको सहजताका लागि सञ्चालनमा ल्याइएको मुलुककै सबैभन्दा पहिलो केबुलकार सेवा मनकामना केबुलकार सेवा चैत्र २२ गते एक दिन बन्द हुने भएको छ ।

टावर मर्मत कार्यका लागि सो दिन केबुलकार सेवा बन्द रहने मनकामना केबुलकार प्रशासनले जनाएको छ ।

चैत्र २२ गते बुधबार केबलकार सेवा बन्द रहे पनि कुरिनटारस्थित केबलकार बटम स्टेसनमा रहेको रेष्टुरेन्ट ‘दि मनकामना क्याफे’ भने सञ्चालन हुने कम्पनीले जनाएको छ।

चैत्र २३ गते बिहीबारबाट केबलकार सेवा पूर्ववत् रूपमा सुचारू हुने मनकामना दर्शन प्रालिका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

मनकामना केबुलकारले स्थापनाको २५ वर्षको अवधिमा १ करोड ७० लाख भन्दा धेरै यात्रु तथा भक्तजनहरूलाई स्तरीय केबुलकार सेवा प्रदान गरी सकेको कम्पनीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *