बारा क्षेत्र नं. २ मा जसपाका उम्मेदवारलाई सघाउने नेपाली कांग्रेसको निर्णय
थानकोट ।
नेपाली कांग्रेसले वैशाख १० का लागि तय भएको उपनिर्वाचनका लागि बारा क्षेत्र नम्बर-२ मा जनता समाजवादी पार्टी (जसपा)का उमेदवारलाई सघाउने निर्णय गरेको छ ।
आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट यस्तो निर्णय गरिएको सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।
कांग्रेसले सो उपनिर्वाचनका लागि तनहुँ-१ मा गोविन्द भट्टराई र चितवन-२ मा पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठ यसअघि नै उमेदवारको टुंगो लगाइसकेको छ ।
बारा-२ मा जसपाका अध्यक्ष उपेन्द्र यादव सत्ता गठबन्धनका तर्फबाट साझा उमेदवार बन्ने चर्चा चलिरहेको छ ।













