आजदेखि ए डिभिजन लिग फुटबलमा छैटौं चरणका खेल

Thankot Times

थानकोट । 

शहीद स्मारक ए डिभिजन लिगका छैटौं चरणका खेल आजदेखि सुरु हुँदैछन् ।

गत १९ फागुनदेखि सुरु भएको ए डिभिजन लिगमा पाँच चरणको खेल सकिएपछि ४ चैतमा ब्रेक भएको थियो । ब्रेकमा प्रधानमन्त्री थ्री नेसन्स कपदेखि मोफसलमा विभिन्न गोल्डकप प्रतियोगिताहरु सम्पन्न भए ।

आजदेखि भने छैटौं चरणको सुरुवाती दुई खेल हुनेछन् । संकटा र एफसी खुमलटारबीचको खेल दिउँसो २ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा सुरु हुनेछ । पाँच खेलबाट संकटा र नवप्रवेशी खुमलटार दुवैको समान ६ अंक छ । संकटा आठौं र खुमलटार नवौँ स्थानमा छन् ।

यस्तै विभागीय डर्बीमा नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच दिउँसो २ बजे नै च्यासल मैदानमा खेल सुरु हुनेछ । यस सिजन उत्कृष्ट प्रदर्शन गर्दै दुई खेल जितिसकेको एपीएफ ७ अंकसहित छैटौं स्थानमा छ ।

उता पाँचौ चरणमा पुगेर पहिलो एक अंक जोडेको पुलिस यस सिजन कमजोर देखिएको छ ।

अहिलेसम्म जितविहीन रहेको पुलिस १ अंकसहित तालिकाको पुछारमा छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ